६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


युवती मुक्का हानाहान

युवतीहरूबीच मुक्का हानाहान



सुनसरीको राजावसस्थित सप्तकोसी नदीको स्पर (नोज) माथि स्थानीय युवतीहरुबिच भएको सामूहिक कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी चारजना फरार छन् । उनीहरूबिच एकको कुरा अर्काले खोलिएको विषयमा मुक्का हानाहान भएको थियो ।

बराहक्षेत्र ९ राजावास कोशी स्परमा युवतीहरुको एक समूहले अर्काे समूहमाथि निर्घात कुटपिट गरेको भिडियो बाहिरिएपछि घटनामा संलग्न एकजनालाई प्रहीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्तका अनुसार पक्राउ पर्नेमा बराहक्षेत्र १० प्रकाशपुरकी प्रतिमा लिम्बू छिन् । लिम्बूलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अरु चार युवती फरार छन् । फरारहरुको खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक दत्तले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार फरार हुनेहरुमा वडा नं. ९ को १९ वर्षीय सञ्जिता राई, धररा टपन बस्ने १९ वर्षीय निहाङ राई, बराहक्षेत्र ८ सैनिक टोलकी १८ वर्षीय दुर्गा राई छन् । बराहक्षेत्र ८ कै विनिता उराउँको खोजी भइरहेको राजेश दत्तले बताउनु भयो ।

असार २९ गते शुक्रवार दिउँसो युवतीहरुबिच कुटपिट भएको थियो । कुटपिटमा बराहक्षेत्र ८ की १७ वर्षीय सन्ध्या परियार, १६ वर्षकी नवीना विश्वकर्मा र राजावासकी १९ मनिषा राईलाई पाँचजनाको समूहमा रहेका युवतीहरुले कुटपिट गरेका थिए । कुटपिटमा संलग्नहरुले आफ्नो पोल खोलिदिएको भन्दै सप्तकोसीको चिहानडाँडा नोजमा लात्ती र मुक्काले हिर्काएको भिडियो बनाएर पीडकहरुले नै सञ्जालमा हालेको प्रहरीले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको र फरारहरुको खोजी कार्य जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ८ : ०१ बजे