१६ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


इन्स्पेक्टर तहमा बढुवा

६४ जनाको इन्स्पेक्टर तहमा बढुवा



६४ जनाको इन्स्पेक्टर तहमा बढुवा
काठमाडौं । सरकारले ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक -वरिष्ठ सई_ को प्रहरी निरीक्षक -इन्स्पेक्टर_ तहमा बढुवा गर्न सिफारिस गरेको छ ।
शनिवार बसेको बढुवा समितिको बैठकले विभिन्न जिल्लामा कार्यरत ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई एकै पटक प्रहरी निरीक्षक -इन्स्पेक्टर_ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रहरी नियमावली २०७१ -संसोधन सहित_को नियम २७ को उप–नियम ४ अनुसार ६४ जनालाई इन्स्पेक्टर तहमा बढुवाको लागि सिफरिस गरेको बढुवा समितिले जनाएको छ ।
सार्वजनिक सूचीअनुसार नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगालमा कार्यरत लोकराज पाठक दोस्रो र नेपाल प्रहरी प्रधान कार्यालयका किरण घिमिरे तेस्रो नम्बरमा सिफारिसमा परेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : ५८ बजे