३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पाकिस्तानमा बम विष्फोट, ३५ जनाको मृत्यु

पाकिस्तानमा बम विष्फोट, ३५ जनाको मृत्यु



पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको जिओ न्युजका अनुसार विष्फोटमा दर्जनौं घाइते भएका छन् भने मृत्यु हुनेको संख्या ३५ पुगेको हो ।

खैबर पख्तुनख्वा प्रान्तका प्रहरी महानिरीक्षक अख्तर हयात गन्दापुरलाई उद्धृत गर्दै एएफपीले एक वरिष्ठ नेताले समारोहलाई सम्बोधन गर्ने कार्यक्रममा विष्फोट भएको जनाएको छ ।

अफगानिस्तानसँग सीमा जोडिएको खार सहरमा यसै वर्षको अन्त्यमा हुन लागेको निर्वाचनअघि हुन लागेको जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको अधिवेशनलाई लक्षित गरी विष्फोट गराइएको अनुमान प्रहरीले गरेकाे समाचारमा उल्लेख गरिएको छ ।

जिल्लाका वरिष्ठ प्रशासन अधिकारी अनवर उल हकले समाचार तयार पार्दासम्म मृतकको सङ्ख्याबारे अझै आधिकारिकरूपमा जानकारी आइनसकेको बताउनुभएको छ । राससको सहयोगमा

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ८ : १४ बजे