२० बैशाख २०८२, शनिबार | Sat May 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बेपत्ता बालक

सामाखुसी खोलामा बेपत्ता बालकको शव १० दिनपछि भेटिए



राजधानीको सामाखुसीबाट खोलाले बगाएर बेपत्ता भएका बालकको शव १० दिनपछि फेला परेको छ । बालक १३ वर्षीय साजन मगरको शव दक्षिणकाली नगरपालिका वडा नम्बर ७ को बागमती किनारमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

साउन ७ गते सामाखुसीमा खोलाले बगाउँदा पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत साजन बेपत्ता भएका थिए ।

फुटसल खेल्न जाँदै गरेका साजन पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका हुन् । उनको खोजीमा प्रहरी परिचालन गरिएपनि फेला पर्न सकेका थिएनन् ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ७ : ५९ बजे