६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


श्रीमतीको हत्या गरी गाडेर भागेका श्रेष्ठ पक्राउ



श्रीमतीलाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका तेह्रथुम आठराई गाउँपालिका–१ डाँडागाउँका राजकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

झापाको काँकडभिट्टाबाट होटेलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजकुमारले आफ्नी २६ वर्षीया श्रीमती रेशिका श्रेष्ठको हत्या आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिवार दिउँसो पक्राउ गरेको हो । काँकडभिट्टाको एउटा होटेलमा लुकीछिपी बसेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजन चापागाईँले बताउनुभयो ।

पक्राउ गरिएका श्रेष्ठलाई तेह्रथुम लगिने प्रहरीले जनाएको छ । गत साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सुँगुरको खोरमा गाडेको अवस्थामा शनिवार फेला परेको थियो । घटनापछि श्रेष्ठका श्रीमान् राजकुमार साउन २४ गतेदेखि सम्पर्कविहीन थिए । प्रहरीले श्रेष्ठको हत्या श्रीमानबाटै भएको हुनसक्ने भन्दै राजकुमारको खोजी गरिरहेको थियो । श्रेष्ठ दम्पतीका ६ वर्षीया एक छोरी छिन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १२ : १३ बजे