२३ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बाढीले बगाएको डेढ करोड भेटियो



मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपियाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैङ्कका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो ।

बाढीले पुरिएको बैङ्कको भवन खोतल्दा प्रभु बैङ्कको ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको पनि एक करोड पाँच लाख ३२ हजार नौ सय ६४ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेले जानकारी दिनुभयो ।

बाढीले प्रभु बैङ्कको भवन नै बगाएको थियो भने नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । एक सातापछि आज फेला परेको रकम सुरक्षित नै रहेको उहाँले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक पौडेलले भन्नुभयो, “आज गाउँले, सुरक्षाकर्मी र बैङ्कका कर्मचारीहरूले उत्खनन गर्ने क्रममा पैसा फेला परेको छ, भल्टसँगै पैसा फेला परेको हुँदा पैसा सुरक्षित नै देखियो, बैङ्कको भवन छुट्टा–छुट्टै थिए, त्यसले गर्दा कुन बैङ्कको पैसा हो भन्ने पत्ता लगाउन सहज भयो ।” रासस

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  १० : ०२ बजे