७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नुवाकोटमा विकासको ठूलो सम्भावना छः अर्थमन्त्री डा. महत



डा. प्रकाशशरण महतले राजधानी काठमाडौंसँग जोडिएको नुवाकोटमा विकासको ठूलो सम्भावना रहेको बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोटले आयोजना गरेको शुभकामना आदान–प्रदान तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘चीनसँग जोडिएको रसुवागढी धेरै टाढा छैन । व्यापार, पर्यटन, कृषि र उद्योग व्यवसायमा अथाह सम्भावना छ ।’

‘मन्त्री डा. महतले भन्नुभयो, ‘नुवाकोट खाद्यन्नमा आत्मनिर्भर छ । निर्यातका वस्तु धेरै छन् । कृषि उत्पाकत्व बढाउन यसपटकको बजेटमा उत्पादनमा अनुदानको व्यवस्था गरिएको छ । कागज बनाएर अनुदान खाने हो प्रवृत्ति अन्त्य भयो, अब उत्पादन देखाएर अनुदान पाउने प्रस्ताव गरेका छौं । कृषि मन्त्रालयलाई लागू गर्नुस् भनेका छौं ।’

कृषि उत्पादन, फलफुल खेती, चिया कफीलगायत तमाम कृषि उत्पादनको नुवाकोटमा सम्भावना छ । त्यसमा पनि महिला दिदी बहिनीहरुले अगुवा गर्नुपर्छ । महिला दिदी बहिनीहरुकै नाममा हामीले औद्योगिक पार्कको पाँचखालमा घोषणा गरेका छौं । त्यसको एक्सटेन्सन नुवाकोटमा पनि हुनुपर्ने मन्त्री डा. महतले बताउनुभयो ।

बाटोको सञ्जाल निर्माणमा केही समयदेखि नुवकोटमा अवरुद्ध छ । पहिला लगानी भएको थियो, बीचमा अबरुद्ध भयो । अहिले सुरु हुन थालेको छ । त्रिशुली–बालाजु सडकमा नेपाल सरकारले नै कार्यान्वयन गर्ने गरी बजेट परेको छ । गंगटेबाट समुन्द्रटार हुँदै भञ्ज्याङसम्म पुग्ने सडकमा यथेस्ट बजेट परेको छ । चाहे सूर्यगढी जाने बाटो होस् वा विभिन्न गाउँपालिका जाने बाटोमा बजेट परेको मन्त्री डा. महतले जानकारी दिनुभयो ।

उहाँले सिमरा सिँचाइको नहर बिग्रेको अवस्था छ । ढिकुरेको पनि त्यस्तै अवस्था छ । त्यसलाई पनि हामीले बजेट राखेका छौं । त्यो निर्माण भइसकेपछि १२ महिना सिचाइँको सुनिश्चिता हुनेछ । त्यसलाई समयमै ठेक्का लगाएर कार्यान्वयन गर्नुहोस् हामीले भनेका छौं । तपाईंहरुको पनि सहयोग चाएको बताउनुभयो ।

एक नम्बर निर्वाचन क्षेत्रमा मात्र बजेट राखेछ भनेर कतिपयलाई लागेको छ । दुई नम्बरमा पनि केन्द्रको प्रशस्त बजेट छ । विदुर नगरपालिकामा ढललगायत निकासको ठूलो समस्या छ । त्यसका लागि ६५ करोड रुपैयाँको बजेट सुनिश्चित गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी साथीहरु पार्टीले गरेको कामबारे प्रचार गर्दैनन् । एकअर्कालाई सानो देखाउन सामाजिक सञ्जालमा हामी हत्त न पत्त टिप्पर्णी गरिहाल्छौं । फलानोले जस पाउँछ कि भन्ने होइन यसको जस पार्टीले पाउँछ । त्यसपछि मात्र पार्टीले गरेपछि भनेर जनताले थाहा पाउँछन् । जो उम्मेदवार भए पनि त्यसपछि मात्र जनताले कांग्रेसलाई मत हाल्छन् । महिला दिदी बहिनीको अगुवाइमा हिजो, आज र भोलि गर्ने कामको प्रचार हुनुपर्यो ।’

‘छहरे–टोखा सुरुङ मार्ग लामो समयदेखि चर्चामा रह्यो । यसलाई निर्णायक मोडमा पुर्याउनुपर्छ भनेर मैले एक अर्ब बजेट राखेको छु, यद्यपि यो ५० अर्ब लाग्ने आयोजना हो । अहिलेको प्रयासले पुग्दैन, मन्त्री डा. महतले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको टोली चीन भ्रमणमा जाँदैछ । हामीले यो सुरुङमार्ग निर्माणमा चीन सरकारको सहयोग मागेका छौं । त्यो भयो भने यसले पूर्णता पाउँछ । यो निर्माणमा समय लाग्छ, त्यसैले धैर्यताको आवश्यकता छ ।’

शुभकामना आदान–प्रदान तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘महिलालाई लागेको कुरा गीत र नृत्यमार्फत तीजमा मात्र अभिव्यक्त गर्ने चलन पुरानो भयो । लोकतन्त्रमा हामी हरेक दिन तीज मनाउँछौं । ३६५ दिन नै हामीलाई लागेको कुरा भन्न पाउँछौं । घर बाहिर होस् वा घरभित्र हामीले चाहेको पेशा व्यवसाय गर्न पाउँछौं ।’

अहिले महिला दिदी बहिनीको युग भएको स्पष्ट पार्दै मन्त्री डा. महतले भन्नुभयो, ‘महिला दिदीबहिनी सशक्त हुनुपर्ने पक्षमा नेपाली कांग्रेस छ । सशक्तिकरण र समावेशीको अभियान नेपाली कांग्रेसले सुरु गरेको हो । यो कुरा संविधानमा स्थापित भएको छ । अहिले एकतिहाइ महिलाको सहभागिता छ, आउँदा दिनमा महिला सहभागिता बढ्दै जानेछ ।’

महिलाको तुलनामा पुरुषको ठूलो संख्या विदेशमा छ । विकास, सामाजिक परम्परा र संस्कृतिको संरक्षणको अगुवाई महिला दिदीबहिनीहरुले गरिरहेका छन् । पुरुषहरु अस्थिर हुन्छन्, महिलाहरु स्थरिताको प्रतिक हुन् । महिलाले जिम्मेवारी पाए भने पुरुषभन्दा गम्भीरताका साथ पूरा गर्छन् ।

राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको नेतृत्व तहमा महिला दिदीबहिनीहरु आउनुपर्छ । यसका लागि आत्मविश्वास बढाउनुपर्छ । महिलालाई अगाडि बढाउन सशक्तिकरणको अभियानले मद्दत गर्नेछ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ८ : ०४ बजे