सामाजिक संस्था नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय प्रथम भेलाबाट पर्वत फलेवास नगपालिका ५ चितिपानीका सन्तोष पौडेल संयोजक चउन भएका छन्् । कार्यक्रम गण्डकी प्रदेशको राजधानी पोखरामा युवाहरुको भेलाले पौडेललाई चयन गरेको हो ।
कार्यक्रममा संस्थाका केन्द्रीय अनुशासन विभाग प्रमुख एवं गण्डकी प्रदेश भेलाका संयोजक भुवन सुवेदीको अध्यक्षता, संस्थाका संशापक अध्यक्ष नितेश खरेल ९अर्जुन० को प्रमुख आतिथ्यता, संस्थाका केन्द्रीय अध्यक्ष मनिष भुसाल र केन्द्रीय सचिव सन्दिप पौडेल क्षेत्रीको आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थापक सदस्य हरी न्यौपाने, विशाल न्यौपानेलगायत वर्तमान केन्द्रीय कार्यसमिति उपाध्यक्ष शुशिल सुवेदी, केन्द्रीय कार्यसमिति सदस्य मधुसुदन नेपाल ९बिपिन० र अभिसेक कार्कीको आतिथ्यता रहेको थियो ।
भेलाले सन्तोष पौड्लको संयोजकत्वमा १३ सदस्यिय तदर्थ कार्यसमिती गठन गरेको छ । पौडेल लामो समय देखि बिभिन्न संघ सस्थाहरू तथा सामाजिक काममा सकृय छन । संयोजकमा पौडेल,सहित सह(संयोजकमा सन्देश पौडेल, सदस्य सचिवमा राजन अधिकारी, सदस्यमा सन्तोष दाहाल , शुभम पंगेनी, राजु सुवेदी, जनक अधिकारी, विजय खनाल, श्रवण कुमार सुनुवार, विशाल नायक क्षेत्री, लिलाधर भट्ट, गौरव विक, आरसन क्षेत्री र गोबिन्द अधिकारी गरि १३ सदस्यहरू रहेका छन । उक्त तदर्थ समितिले ६ महिनाभित्र प्रदेश अधिवेशन र एक महिना भित्र गण्डकी प्रदेशका ११ ओटै जिल्लामा जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको संस्थाका केन्द्रीय उपाध्यक्ष शुशील सुवेदीले जानकारी दिए ।
प्रतिक्रिया