२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


कांग्रेस केन्द्रीय सदस्यमा आठ जना मनोनयन



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा आठ जनालाई मनोनयन गर्नुभएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले कांग्रेस विधान, १०१७ (संशोधनसहित)को धारा २१ को उपधारा १० बमोजिम आठ जनालाई सभापति देउवाले कार्यसमिति सदस्यमा मनोनयन गर्नुभएको हो ।

मनोनयन हुनेहरुमा मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, डा. चन्द्र भण्डारी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा हुनुहुन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  २ : ५२ बजे