६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एमाले अध्यक्ष ओलीको ठोकुवा : नेकपा फुटाउने प्रचण्ड र माधव नेपाल



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तात्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपालाई विभाजन गराउने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नै रहेको ठोकुवा गर्नुभएको छ ।

एमाले कोशी प्रदेश कमिटीको आजबाट सुरु भएको प्रथम अधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुुभएका अध्यक्ष ओलीले यी दुवै जनालेपाटी विभाजन गरेको आरोप लगाउनुुभएको हो । अध्यक्ष ओलीले एक भएको कम्युनिस्ट पार्टी फुटाउन माधव नेपाल र प्रचण्ड लागेको तथ्य ओलीले खोल्नुभएको हो ।

‘तात्कालीन नेकपा अदालतले नभई माधव नेपाल र प्रचण्डले फुटाएका हुन,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले एमालेविरुद्ध अहिले चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको भन्दै एकजुट भएर परास्त गर्न सवैलाई अपिल पनि गर्नुभएको छ । उहाँले एमाले सबै षडयन्त्र र घेराबन्दी तोडेर अघि बढेको तथ्य पनि राख्नुभयो ।

एमालेले सुरु गरेको समृद्धि र विकासको अभियानबाट आत्तिएकाहरुले एमालेविरुद्ध अनेक षडयन्त्र गरेका ओलीको भनाइ छ । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले तीन वर्षमा गरेको विकासमा काम देखेर विश्व चकित परेको बताउनु भयो । एमालेले बालबालिका युवा, महिला, ज्येष्ठ नागरिक सबै हितमा काम गरेको उहाँको भनाई थियो । एमालेबाट आत्तिएर सानातिना खुद्रा पसल बन्द भएपछि विरोधीहरू एमालेविरुद्ध एक भएको उहाँको भनाई छ ।


नेपाल प्राकृतिक र सांस्कृतिक हिसाबले निकै अघि भएर पनि कोशी प्रदेश विकासमा अघि बढ्न नसकेको बताउँदै ओलीले अब त्यो अभिभारा पूरा गर्ने बताउनुभयो । कोशी प्रदेशको विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको पनि उहाँको भनाइ छ । कोशी प्रदेशमा पनि एमालेविरुद्ध अनेक घेराबन्दी गरिएको भए पनि त्यो सफल हुन नसकेको ओलीले बताउनुभयो । ‘अनेक घेराबन्दीकाबीच कोशी प्रदेशमा एमाले अघि छ’, ओलीले भन्नुभयो ।

आफ्नो सम्बोधनको क्रममा उहाँले गठबन्धनका कारण देश बरबादीतर्फ उन्मुख भएको दोहोर्याउनु भयो । उहाँले अहिले एमालेको सरकारमा जाने र सरकार बनाउने कुनै योजना रहेको उहाँले प्रष्ट पार्नुभयो । एमाले मिसन २०८४ मा लागेको बताउँदै अध्यक्ष ओलीले २०८४ मा एमाले बहुमतको सरकार बनाउने ठोकुवा गर्नुभयो ।

अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा पाँच पटक र पुष्पकमल दाहाल प्रचण्ड तीन पटक प्रधानमन्त्री बन्दा पनि देशका लागि केही गर्न नसकेको बताउनुभयो । देउवा–प्रचण्ड व्यक्तिगत स्वार्थमा नै रमाएको र देश बर्वाद बनाएको उहाँको भनाइ छ । यती बेला एमालेले सातै प्रदेशमा पार्टीको अधिबेशन गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ९ : ४१ बजे