२३ असार २०८२, सोमबार | Mon Jul 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


एमाले बागमतीको निर्वाचनमा ११३१ मत खस्यो, केही समयमा गणना हुने



एमाले बागमती प्रदेशको निर्वाचनमा कुल ११३१ मत खसेको छ । शुक्रबार राति सम्पन्न मतदानमा कुल ११६९ मध्ये ११३१ मत खसेको हो ।
पार्टी कार्यालय च्यासलमा शुक्रबार दिउँसोदेखि मतदान सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले निर्वाचनबाट पाँच पदाधिकारीसहितका २४५ निर्वाचित हुने जानकारी दिएको छ ।

बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् । त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन् । सुरुमा ४ जनाले उम्मेदवारी दर्ता गराएपनि अन्तिम समयमा दुुई जनाबीच प्रतिस्पर्धा भएको हो ।

केही समयमा मतगणना सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ९ : ५२ बजे