५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नेपाल विश्वकपमा छनोट



नेपाल एक दशक पछिआईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को लागि छनोट भएको छ ।

विश्वपकको एसिया छनोटको फाइनलको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट भएको हो ।

नेपाल एसिया छनोटको फाइनलमा पनि प्रवेश गरेको छ ।

मुलपानि क्रिकेट मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर १ बलमा २ विकेट गुमाउँदै १३५ रन बनायो । नेपालका लागि आसिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै गुलशन झाले २२ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित २० ओभर सम्पूर्ण विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

यूएईका लागि भित्रिया अरविन्दले ६४ रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै मोहमद वसिमले २६ रन बनाउँदा अलिसान सफुरले १६ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि कुशल मल्लले तीन विकेट लिँदा सन्दीप लामिछाने दुई लिए । त्यस्तै सोमपाल कामी र रोहित कुमार पौड्यलले एक एक विकेट लिए । खेलपाटीबाट

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : ४२ बजे