२२ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


रास्वपा सभापति लामिछाने भूकम्प प्रभावित क्षेत्रमा जाने



राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार पाल्पाको तानसेनमा आयोजना गर्न लागेको पार्टीको भेला स्थगित गरेको छ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा ठुलो धनजनको क्षति भएको पार्टीले आफ्नो पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको हो ।

यस विपद्को समयमा पार्टीको भेला गर्नु उपयुक्त नहुने सभापति रवि लामिछानेले बताएका छन् । कार्यक्रम स्थगित गरेर आफू भूकम्प प्रभावित क्षेत्रमा जाने पनि सभापति लामिछानेले बताएका छन् । उनले भनेका छन्, ‘कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पले ठुलो क्षति भएकोमा अत्यन्त मर्माहत छौँ। ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना गर्दछौँ।विपद्को यो घडीमा सरकारलाई सम्पूर्ण साधनश्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन आग्रह गर्दछौँ। साथै रास्वपा जाजरकोटका सबै सदस्यहरूलाई उद्धाररराहत कार्यमा सक्रियताका साथ संलग्न हुन पनि आग्रह गर्दछौँ।’

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ८ : ०२ बजे