२४ असार २०८२, मंगलबार | Tue Jul 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


टिकटक बन्दविरुद्ध सर्वोच्चमा रिट



टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा सात वटा रिट परेका छन् । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध कानुन व्यवसायी रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् ।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा सात वटा रिट पुगिसकेको जानकारी दिनुभयो । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको उहाँले बताउनुभयो ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीलगायत शुक्रबार रिट लिएर सर्वोच्च पुग्नुभएको हो । माव मानिसबाट टिकटक बन्द्र प्रति समर्थन गरे पनि प्रयोगकताहरुले यसको विरोध गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १२ : २२ बजे