५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


भारतको घरेलु मैदानमै हार, अस्ट्रेलिया छैटौँ पटक विश्व च्याम्पियन



घरेलु टिम भारतलाई छ विकेटले निराश पारेर अस्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । एक लाख ३२ हजार दर्शक उपस्थित भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालालाई चुप पार्दै अस्ट्रलिया छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन बनेको हो ।

यसअघि, अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्व क्रिकेट च्यामिपयन बनेको थियो । भारतको भने १२ वर्षपछि विश्व च्याम्पियन बन्ने सपना चकनाचुर भयो । यसअघि, सन् २०११ मा आप्mनो घरमा विश्वकप हुँदा भारत च्याम्पियन बनेको थियो । तर त्यसपछि भारत विश्वकपमा सँधै निराश मात्र बन्दैआएको छ । यसपालि भारत सबै दस खेल जितेर फाइनलमा पुगे पनि अन्तिम बाधाको रुपमा रहेको अस्ट्रेलियालाई हराउन नसक्दा च्याम्पियन बन्न सकेन । विश्वकप क्रिकेट फाइनल हेर्न कीर्तिमान दर्शकबिच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेसको पनि उपस्थिति रहेको थियो ।

अस्ट्रेलियाले टस हारेर पहिले ब्याटिङ गरेको भारतलाई २४० रनमा अलआउट गरेको थियो । प्रारम्भिक ब्याट्सम्यान ट्भिस हेडले १३७ रनको शतकीय पालि खेलेपछि अस्ट्रेलियाले सात ओभर बाँकी छँदै चार विकेटको क्षतिमा २४१ रन बनाएर लक्ष्य हासिल गर्न सफल भयो । मार्नस लाबुस्चेले पनि अविजित ५८ रन बनाएर अस्ट्रेलियालाई विश्व विजेता बनाउन महत्वपूर्णं भूमिका खेल्नुभयो । हेड र लाबुस्चेबीच चौथो विकेटका लागि १९२ रनको साझेदारी बनेको थियो ।

यसअघि, लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले सात ओभरमा ४७ रन बन्दा तीन विकेट गुमाएपछि भारत खेलमा फर्किने सम्भावना देखिएको थियो । पछिल्लो विश्वकपको फाइनलमा पनि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २४१ रन बनाएको थियो । इङगल्यान्डले जवाफमा २४१ रन नै बनायो । त्यसपछि इङ्गल्यान्ड सुपर ओभरमा खेल जितेर च्याम्पियन बनेको थियो । तर कमजोर बलिङका कारण भारतले पछिल्लो फाइनलको रोमाञ्च दोहर्याउन सकेन । भारत यस प्रतियोगितामा लगातार दस खेल जितेर फाइनलमा पुगेको थियो । त्यसैले भारतलाई उपाधिको प्रमुख दावेदार मानिएको थियो । तर भारतले तेस्रो पटक विश्वकप उपाधि जित्न सकेन ।

यसअघि अनुशासित बलिङको सामना भारतले उचित तरिकाले गर्न सकेन । भारतका कप्तान रोहित शर्माले ४७ रनको तेज पालि खेलेर घरेलु टिमलाई तेज सुरुआत दिलाउनुभएको थियो । उहाँले ३१ बलमा चार चौका र तीन छक्का प्रहार गर्दे ४७ रन बनाउनुभयो । अर्का प्रारम्भिक ब्याट्सम्यान शुभमन गिल भने चार रनमै आउट हुनुभएको थियो । रोहित आउट भएपछि भारतको ब्याटिङले सङ्घर्ष गरेको थियो । सुस्त पिचमा टस हारेपछि पहिले ब्याटिङ गर्न बाध्य भारतले ११ औँ ओभरमा ८१ रन बन्दा तीन विकेट गुमाएको थियो । भारतले अन्तिम पाँच विकेट पनि ८।३ ओभरमा मात्र ३७ रनमा गुमायो ।

विराट कोहली र लोकेश राहुलले अर्धशतकीय पालि खेलेर भारतलाई सम्माजनक स्कोरसम्म पुगाउनुभएको हो । कोहलीले ९५४० यस विश्वकपमा अर्को अर्धशतकीय पालि खेल्नुभयो । भारतका लागि सर्वाधिक रन लोकेश राहुलले बनाउनुभयो । उहाँको ब्याट्बाट ६६ रन आएको थियो ।

अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले यस प्रतियोगितामा सर्वाधिक रन बनाउने कोहलीका साथै र लयमा रहेका श्रेयर एयरलाई आउट गर्नुभयो । अर्का तेज बलर मिचेल स्टार्कले तीन ब्याट्सम्यानलाई आउट गर्नुभयो । तेज बलर जोस हेजलउडले पनि पुछारका दुई ब्याट्सम्यानलाई पवेलियन फर्काएर भारतको पालि समाप्त गर्नुभयो ।

कोहली ११ खेलमा ७६५ रन बनाएर एक विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्नुभयो । उहाँले सचित तेन्दुलकरको कीर्तिमान भङ्ग गर्नुभएको हो । तेन्दुलकरले सन् २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा ११ खेलमै ६७३ रन बनाउनुभएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ७ : २९ बजे