७ असार २०८२, शनिबार | Sat Jun 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पिकनिक खान गएको स्कूल बस दुर्घटना : तीन जनाको मृत्यु, ३६ घाइते



उदयपुरमा पिकनिक खान गएको अविभावकसहितको स्कुलको बस दुर्घटनाग्रस्त हुँदा दुई बालबालिकासहित तीन जनाको शनिबार मृत्यु भएको छ। दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार स्थानीय त्रियुगा नगरपालिका वडा नम्बर ५ स्थितको अन्नपूर्ण सेकेण्डरी स्कुलको प्र ०१–०५–००१ ख ००४४ नम्बरको बस मदन भण्डारी राजमार्ग अन्तर्गत जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित अँधेरी झर्ना नजिकै दुर्घटनाग्रस्त भएको हो।

सो दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक त्रिनपा ६ का ४० वर्षीय भिखन चौधरी, ११ वर्षीय विकास चौधरी र ७ वर्षीया समियाकुमारी चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका ११ जना बालबालिकासहित १२ जनालाई थप उपचारका लागि विराटनगर पठाइएको र अन्य २४ जनाको उदयपुर अस्पतालमा नै उपचार भइरहेको चौधरीले बताउनुभयो।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ७ : ३१ बजे