नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जतिसुकै ठूलो मान्छे भएपनि भ्रष्टाचार गरेको प्रमाणित भए कारबाही हुने बताएका छन् । उनले मुलुकमा बढ्दो भ्रष्टाचारका कारण नागरिकहरू प्रमुख राजनीतिक दलका नेता र दलहरूसँग रिसाएको धारणा राखे ।
सोमबार नवलपुरमा कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले लोकतन्त्र जनताले बोल्न र विरोध गर्न पाउने व्यवस्था भएको दाबी गरे । थापाले ०४६ सालको परिवर्तन पछाडि नेपालमा उच्च ओहदामा पुगेका मानिसहरूको सम्पत्ति शक्तिशाली संयन्त्र बनाएर छानबिन गरिनुपर्ने बताए । ‘कसैले गैरकानुनी सम्पत्ति आर्जन गरेको छ भने सम्पत्ति खोसिनुपर्छ र दण्डित हुनुपर्छ भनेर कांग्रेसले भन्न सक्ने कि नसक्नेरु बकाइदा भन्न सक्नुपर्छ, नागरिकले खोजेको यही हो,ु उनले भने ।
उनले लोकतन्त्रमा मात्रै लोकतान्त्रिक व्यवस्थाको समेत विरोध गर्न पाइने बताए ।
‘अस्ति काठमाडौंमा प्रदर्शन भयो, त्यहाँ पार्टी प्यालेसबाट मानिसहरूलाई लखेट्ने काम भएको छ । ती लखेट्नेहरु को हुन्रु ती मानिसले काठमाडौंमा गएर गणतन्त्र फ्याँक्छु भनेर भन्न पाउने हक र अधिकार राख्दछन्, किनकी यो लोकतन्त्र हो,’ थापाले अघि भने, ‘त्यसको रक्षा गर्ने काम र सुरक्षा दिने काम राज्यको हो। हिजो नेकपा एमालेका सचिव योगेश भट्टराई सवार गाडीमा तोडफोड भयो, त्यो ढुंगा हान्ने को होरु लोकतन्त्रमा विरोध वा समर्थन गर्न पाइन्छ । तर ढुंगा हान्न पाइँदैन । त्यस्तो गलत गर्नेलाई राज्यले दण्डित गर्नुपर्छ ।ु
महामन्त्री थापाले सार्वजनिक मञ्चबाटै बैंकवालालाई ठेगान लगाइदिन्छु भन्ने अभिव्यक्ति दिनेलाई राज्यले कानुनअनुसार कारबाही गर्नुपर्ने बताए ।
उनले देशमा अब भ्रष्टाचारको अन्त्य र सुशासनसहितको समाज निर्माणका लागि कांग्रेसले नेतृत्व गर्छ भनेर विश्वास जगाउन सक्नुपर्ने बताए । ुकोही मानिसले राज्यको ढुकुटीको पैसा ठगी गर्छ भने त्यसलाई ुजमिनमुनि गए पनि भ्रष्टाचारीलाई नछाड्नेु कानुन बनाउनुपर्नेछ । अब भ्रष्टाचारको अन्त्य र सुशासनसहितको समाज निर्माणका लागि कांग्रेसले नेतृत्व गर्न सक्नुपर्छ,ु उनले भने । कान्तिपुरबाट
प्रतिक्रिया