८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


उर्लाबारीमा आगलागीबाट पाँच जनाको मृत्यु



मोरङको उर्लाबारी आगलागी परी घाइते भएका राम नरेश मरिता ९यादव० को उपचारका क्रममा निधन भएको छ । काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी –७ का ४३ वर्षीय यादवको उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका हुन् ।

अस्पतालको आईसीयू कक्षमा उपचाररत यादवको सोमबार राति ११ बजे निधन भएको दासले बताए । यादवको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको सङ्ख्या ५ पुगेको छ । यसअघि तपन पण्डित, कुमार दाहाल ,कुमार तामाङ र रुकुमबहादुर कार्कीको मृत्यु भएको थियो ।

गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ दीपक कार्कीको सुन पसलमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । रातोपाटीबाट

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ११ : १४ बजे