६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोशी


वडाध्यक्षलाई घरमै थुनेर मध्यरातमा आगजनी



धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाअध्यक्ष देबेन्द्र गुरागाईको घरमा अज्ञात पक्षले शनिबार राती आगजनी गरेको छ ।

राति घरको माथिल्लो तलामा सुत्न गएपछि भुईँ तलाबाट माथिल्लो तला जाने ढिकमा मुनिबाट ताला लगाई तल्लो तलामा रहेको लुगा जम्मा गरेर आगो लगाइएको गुरागाईंले बताउनु भयो ।

सुतिरहेको समयमा लुगा डढेको गन्ध आएपछि उठेर हेर्न खोज्दा ढिकमा चाबी लगाएको थाहा पाएर छिमेकीलाई बोलाएर चाबी तोडेर हेर्दा लुगा एक ठाउँमा राखेर आगो लगाइएको नजिकै ग्याँसको सिलिन्डर राखेको पाइएको उहाँले बताउनु भयो ।

कसले आगजनी गरेको हो भन्ने कुराको पहिचान हुन नसकेको र सो बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिनुभयो । आगलागीबाट लुगाकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ९ : १३ बजे