८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राष्ट्रियसभा निर्वाचनमा दल दर्ता गर्ने अन्तिम दिन



निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको हो ।

आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी र नेमकिपा, जसपा, लोकपा नाउपा लगायतका दलले दर्ताको निवेदन दिएका छन् ।

नेपाली कांंग्रेसले आज कार्यसम्पादन समिति बैठकपछि दल दर्ता गारउँदै छ । फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ७ : ४२ बजे