७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


विदेश जानेलाई तीन दिनभित्रै चालक अनुमति पत्र



अब अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने भएका छन् ।

यातायात व्यवस्था विभागले लाइसेन्स शीघ्र प्रिन्ट गर्न १५ पुसदेखि applydinew.dptm.gov.np मार्फत निवेदन दिन सकिने छ । तीन कार्यदिन भित्र कार्ड छपाइ गर्ने लक्ष्यमा विभागले ‘प्राविधिक समस्या नआएमा’ भन्ने शर्त समेत राखेको छ ।

निवेदकले सवारी चालक अनुमति पत्र लिन आउँदा सो पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिएर जानुपर्ने भिागले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ६ : २० बजे