७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एनसेलका टावरको लाइन काटियो



मकवानपुरको थाहा नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता विद्युत महसुल नतिरेका कारण एनसेलका ६ वटा टावरको लाइन काटेको छ । पालुङ प्राधिकरणले बढी वक्यौता भएका सिमभन्ज्याङ्ग, कुलेखानी देउराली र सल्ले, फाखेल, मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाइन काटेको हो ।

उत्तरी मकवानपुरका विभिन्न स्थानमा रहेका टावरहरुमा जडित विद्युत् लाइनको बक्यौता लगातार ४ महिनादेखिको महसुल नबुझाएको कारण एनसेलका टावरहरुको प्राधिकरणले लाइन काटेको हो । पालुङ वितरण केन्द्र अन्तर्गत थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका विभिन्न स्थानमा एनसेलका १३ वटा टावर जडित छन् । उक्त टावरहरुको ७ लाख ४३ हजार बक्यौता बुझाउन बाँकी रहेको कारण बढी बक्यौता भएका ६ वटा टावरको लाइन काटिएको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताउनुभयो ।

एनसेललाई पनि बक्यौता बुझाउन पटकपटक भनिएको भए पनि बक्यौता महसुल नबुझाएकोले लाइन काटिएको र सबै टावरको महसुल नबुझाए क्रमशः सबै टावरको लाइन काटिने पनि प्रमुख न्यौपानेले बताउनुभयो ।

बक्यौता महसुल उठाउन विगत ३ महिनामा मात्रै पालुङ प्राधिकरणले २ सयभन्दा बढी ग्राहकको लाइन काटेको छ भने लाइन काटिएका ग्राहकहरुमा ९० लाख भन्दा बढी बक्यौता रकम उठाइसकेको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १ : १४ बजे