८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


विदेश पठाउने भनि १२ लाख ठगी गर्ने पक्राउ



प्रहरीले वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले स्थायी घर जुम्ला गाउँपालिका–५ घर भई हाल काठमाडौंको स्वयम्भु बस्ने ३२ वर्षीय धर्मेन्द्र शाहीलाई पक्राउ गरेको हो ।

शाहीले टेकराज पाण्डेलाई वैदेशिक रोजगारीका लागि माल्टा जान १२ लाख लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक दुई लाख हुन्छ भनी प्रलोभनमा पारेका थिए । शाहीले माल्टा पठाउने भन्दै पाण्डेसँग १२ लाख रुपियाँ लिइ सम्पर्कविहीन भएका थिए ।

शाहीलाई बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १ : २१ बजे