२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एमाले तर्फका १९ उम्मेदवार



राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमालेले सातै प्रदेशबाट उम्मेदवारको टुंगो लगाएको छ । निर्वाचन हुन लागेका १९ वटै सिटमा एमालेले उम्मेदवारी दिने भएको छ ।

कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला सुनसरी, अन्यबाट पर्शुराम अधिकारी भोजपुर तथा मधेशमा महिलाबाट उषादेवी थरुनी पर्सा, अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत महोत्तरीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

त्यस्तै, बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं दोलखा, अन्यबाट त्रिलोचन निर्मल पौडेल चितवन, अपाङ्गता-अल्पसंख्यकबाट विवेक देवकोटा काठमाडौं र दलितबाट ध्रुवराज विश्वकर्मा धादिङलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, गण्डकीमा महिलाबाट सम्झना देवकोटा गोरखा, अन्यबाट चक्रबहादुर पराजुली स्याङ्जा, अपाङ्गता-अल्पसंख्यकबाट हेमन्द्र शेरचन मुस्ताङ तथा लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी दाङ र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री पाल्पालाई उम्मेदवार बनाएको छ । हाम्रा साझेदारहरूलाई भ्रमण गर्नुहोस्,shoes – फैशनेबल जुत्तामा नेताहरू!

कर्णालीमा महिलातर्फ विमलाकुमारी शाही हुम्ला, अन्यतर्फ डिल्लीप्रसाद भट्ट मुगु, दलिततर्फ हिक्मत विक दैलेख र सुदूरपश्चिममा महिलातर्फ सावित्रादेवी घिमिरे कैलाली, अन्यतर्फ ईश्वरीप्रसाद खरेल कञ्चनपुर र अपाङ्गता-अल्पसंख्यकबाट रामचन्द्र जोशी कैलालीलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : २१ बजे