२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षका गेब्रियल एटल नियुक्त



फ्रान्समा यसअघि सन् १९८४ मा ३७ वर्षका लरेन्ट फाबियस प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । हिजो एलिजाबेथ बोर्नको राजीनामा स्वीकृत गर्नुभएका फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले आफूपछिको राष्ट्रपतिको बलियो दाबेदार मानिएका एटललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
एटल यसअघि शिक्षा मन्त्री हुनुहुन्थ्यो । फ्रान्सको संसदमा सकारात्मक प्रभाव पारिरहेका एटलले गठन गर्ने सरकारमा प्रभावकारी व्यक्तिहरू मन्त्रीमा छनोट हुन सक्ने फ्रान्सका सञ्चारमाध्यमले जनाएका छन् । नवनियुक्त प्रधानमन्त्री एटलले अब जुन महिनामा हुने महत्त्वपूर्ण युरोपेली संसदीय चुनावमा फ्रान्सेली सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाउनु हुनेछ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : ४५ बजे