५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बाघभैरवका पूर्वशिक्षक भण्डारी सम्मानीत



सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका पूर्वशिक्षक रामप्रसाद भण्डारी सम्मानीत भएका छन् । ठोकर्पास्थित बागभैरव माविमा लामो समय अध्यापन गरेर शिक्षक भण्डारीलाई राष्ट्रिय शिक्षक संगठन सुनकोशीले सम्मान गरेको हो ।

शुक्रबार आयोजित एक कार्यक्रमबीच सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमल्सिनाले उनलाई दोसल्ला ओडाएर र सम्मानपत्र प्रदान गरेर सम्मान गरेका हुन् । भण्डारी २०३६ साल फागुन ६ गतेदेखि शिक्षण पेसामा थिए । पेड्कुस्थित देवी प्राविबाट अस्थायी नियुक्ति लिएर शिक्षण सुरु गरेका उनले २०३७ साल भदौदेखि जनजागृति प्रावि कालिकाको प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरेका छन् । २०५१ सालदेखि २०७६ साउनससम्म ठोकर्पास्थित बाघभैरब माविका गरी जम्मा साढे ३९ वर्ष शिक्षण सेवामा बताएका उनको कर्मलाई कदर गर्दै सम्मान गरिएको संगठनले जनाएको छ ।

जीवनको ऊर्जाशील समय शिक्षण सेवामा खर्चेका भण्डारीलाई सम्मान गर्न पाउँदा आफूनै गर्वानुभूत भएको गाउँपालिका अध्यक्ष तिमल्सिनाले बताए ।

कार्यक्रममा पूर्वशिक्षक तोयानाथ प्याकुरेल र सानुकाजी अधिकारिलार्इ पनि सम्मान गरिएको थियो।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ५ : २९ बजे