२३ असार २०८२, सोमबार | Tue Jul 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


चन्द्रागिरीमा सवारी दुर्घटना एकै परिवारका पाँच जनाको निधन



शनिबार दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

काठडमाडौँदेखि चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भएर शनिबार दिउँसो १ बजेर ५५ मिनेटमा काठमाडौँ चन्द्रागिरि ४ हिमचुली दुर्घटना भएको उहाँको भनाइ छ । गाडी सडकबाट पाँच सय मिटर तल खसेको छ ।

गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन् । दुर्घटनामा काठमाडौँ(३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उहाँकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, उहाँका ज्वाइँ काठमाडौँ(२ का डा। महेशकुमार गौतम, उहाँका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र चार वर्षीय प्रियन्सको मृत्यु भएको हो ।

घाइते स्मारिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालक महेशकुमारकी पत्नी सृष्टि तिवारी गौतम भने हाम फालेर बच्न सफल हुनुभएको हो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : ४४ बजे