६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पत्रकार पण्डितको निधन



गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको निधन भएको छ । उहाँ लामो समयदेखि अर्बुद क्यान्सर रोगबाट पीडित रहनुभएको थियो ।

उपचारको क्रममा आज विहान ललितपुरको मेडीसिटी अस्पतालमा उहाँको निधन भएको उहाँको दाजु श्रीकान्त पण्डितले बताउनुभयो । उपचारको क्रममा विहान ३ बजे उहाँको निधन भएको हो । उहाँको पार्थिव शरीरलाई आज विहान ८ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने उहाँका दाजु पण्डितले बताउनुभयो ।

भानु नगरपालिका १२ तनहुँमा २०३३ वैशाखमा बुवा बद्रीप्रसाद पण्डित र आमा मनोहरीदेवी पण्डितको कोखबाट जन्मनु भएका पण्डितको श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । हाल कीर्तिपुरमा बस्दैआउनुभएका पण्डित पन्ध्र वर्षदेखि गोरखापत्र दैनिकमा कार्यरत रहनुभएको थियो ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ८ : ०८ बजे