७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


इन्धनको मूल्य वृद्धि



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम संचालक समितिले आजै राती १२ गतेदेखि लागू हुनेगरि पेट्रोल तथा डिजेल र मट्टीतेलको भाउ बढाएको हो ।

निगमका अनुसार पेट्रोलको भाउ प्रति लिटर ४ रुपैयाँ, डिजेलरमट्टीतेलको प्रति लिटर २ रुपैयाँले बढाएको हो । यस्तै, खाना पकाउने एलपि ग्यासको भाउ पनि प्रति सिलिण्डर १५ रुपैयाँले बढाएको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलको भाउ क्रमशस् ४ रुपैयाँ ५३ र २ रुपैयाँ ३२ पैसा र एलपि ग्यासको भाउ प्रति सिलिण्डर १५ रुपैयाँ ७८ पैसाले बढेर आएको निगमले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ९ : ४८ बजे