६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सरकारले बजेटको लक्ष्य घटायो (बजेट अर्धवार्षिक समीक्षाको पूर्णपाठसहित)



सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको छ । सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको हो ।

बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आम्दानी र खर्चको मूल्याङ्कनको आधारमा बजेटको लक्ष्य घटाएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा विनियोजित बजेटको ८७.३८ प्रतिशत मात्रै खर्च हुने अवस्था रहेको जानकारी दिनुभयो । उहाँले चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेटलाई संशोधित अनुमानअनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुनेगरी संशोधित गरिएको बताउनुभयो ।

मन्त्री महतले मध्ये पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने बताउनुभयो । उहाँले चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको भनाइ राख्नुभयो । उहाँले वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७।३९ प्रतिशत खर्च हुने अनुमान गरिएको उल्लेख गर्नुभयो । उहाँले सरकारको स्रोतबाट राजश्व र आन्तरिक ऋण १३ खर्ब नौ अर्ब १३ करोड ४६ लाख र विदेशी अनुदानतर्फ ४० अर्ब १२ करोड नौ लाख, वैदेशिक ऋणतर्फ एक खर्ब ८० अर्ब ८३ करोड ६७ लाख उठ्ने संशोधित अनुमान रहेको बताउनुभयो ।

अर्थमन्त्री डा. महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको दाबी गर्नुभयो । उहाँले कठिन परिवेशमा आफूले अर्थमन्त्रीको जिम्मेवारी लिएको भन्दै आफू आएपछि अर्थतन्त्रले सकारात्मक लय समाएको बताउनुभयो । उहाँले आर्थिक सुधारको विषयमा तत्काल परिणाम ननिस्किने भन्दै अहिले सार्वजनिक भएका सबै अर्थतन्त्रका सूचक सकारात्मक रहेको जानकारी दिनुभयो ।

उहाँले सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि वृद्धि हुने सरकारको अपेक्षा रहेको बताउनुभयो । उहाँले बजेट पद्धतिलाई चुस्त बनाउन अझै केही समय लाग्ने उल्लेख गर्नुभयो । उहाँले सूचक सकारात्मक बन्दै गएपनि सरकारको लक्ष्यअनुसार सूचक नभएको स्वीकार गर्नुभयो ।

उहाँले मूल्यवृद्धि सरकारको लक्ष्य भन्दा पनि कममा आएको भन्दै मूल्यवृद्धि नियन्त्रणमा रहेको बताउनुभयो । उहाँले कर्जा प्रवाहमा नहुने चिन्ता भए पनि आगामी दिनमा कर्जा वृद्धि हुने अपेक्षा रहेको बताउनुभयो । उहाँले आयातमा गैरभन्सार चुहावटको आशङ्का रहेको बताउनुभयो । उहाँले सरकारको समग्र खर्च ३२.५७ प्रतिशत रहेको बताउनुभयो ।

अर्थमन्त्री महतकाअनुसार राजश्व सङ्कलन ७७.४ प्रतिशत र राजश्व वृद्धिदर ९.६७ प्रतिशत रहेको बताउनुभयो । उहाँले इन्धनमा आयातित गाडी अहिले ईभी प्रमोसनमा जाँदा धेरै कर घटेको भन्दै महत्त्वपूर्ण भाग आयातमा राजश्व एकदमै कम भएको बताउनुभयो ।

उहाँले विगतमा बजेटमा घोषणा गरिएको दायित्व ठुलो भएकाले सरकारलाई बजेट व्यवस्थापन गर्न कठिन भएको जानकारी दिनुभयो । विगतमा शेयर बजार र घर जग्गामा लगानी बढ्दा बैङ्किङ क्षेत्र समस्यामा परेको उल्लेख गर्नुभयो । उहाँले सरकारले राजश्वका विषयमा सुझाव दिन उच्चस्तरीय समिति गठन गरेको भन्दै उक्त समितिले दिने सुझावका आधार आगामी वर्ष सरकारले नीतिगत सुधार गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ९ : १८ बजे