प्रहरी प्रभाग लुभु ललितपुरमा कार्यरत प्रहरी नायव निरीक्षक सन्तोष कुमार बुढाथोकी २०८० साल माघ महिनाको उत्कृष्ट प्रहरीबाट पुरस्कृत भएका छन् । लागुऔषद, चोरीलगायतलाई नियन्त्रण कम गर्न सफल भएका भन्दै पुरस्कृत भएका छन् ।
प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एवम् अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा राखेकोमा उनलाई पुरस्कृत गरेको हो ।
योगदानको उच्च कदर गर्दै नगद पुरस्कार तथा प्रशंसा.पत्रसहित ईलाका प्रहरी कार्यालय खजुरी धनुषा दरवन्दी भई यस लुभु प्रहरी प्रभागमा कार्यरत उनलाई पुरस्कृत गरिएको प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जनाएका छन् ।
प्रतिक्रिया