नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकमा १० बुँदे राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ । सोमबार सुरु भएको बैठकमा महामन्त्री शर्माले केन्द्रीय कार्यसमिति बैठकमा प्राप्त सुझावका आधारमा थप एवम् परिमार्जनसहित राजनीतिक प्रस्ताव पेस गर्नुभएको हो ।
महामन्त्री शर्माले लोकतन्त्रको विकल्प, समुन्नत लोकतन्त्र, समुन्नत लोकतन्त्रका लागि स् लोकतान्त्रिक संस्कृति, गठबन्धन स् फरक मतको चुनौतीपूर्ण सहयात्रा, सरकारमा सहभागिता स् उपलब्धि, चुनौती र अपेक्षा, नेपालमा सुशासन स् चरित्र, चुनौती र निदान, नागरिकमा असन्तुष्टि स् कारणको चुरो र निवारणको जरो, राज्य र राजनीतिको साझा कार्यभार, राजनीतिले चिन्नु पर्ने, चिर्नु पर्ने र सहकार्यमा गाँस्नु पर्ने नेपाली समाजको बहुआयामिक मनोविज्ञान, व्यवस्थामा परिमार्जन, अवस्थामा रूपान्तरण र नीति, विधि र तिथिको जगमा १५ वर्षे सपना शीर्षकमा १० बुँदे राजनीतिक प्रस्ताव पेस गर्नुभएको हो ।
समसामयिक राजनीतिक प्रस्ताव — महामन्त्री विश्वप्रकाश शर्मा last update 2080.11.06
प्रतिक्रिया