१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


लघुवित्त पीडित संसद भवनमा प्रवेश गरेपछि इन्स्पेक्टरसहित ३२ सुरक्षाकर्मी माथि कारवाहीमा



नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहित ३२ जनाको टोलीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले एकैसाथ कारवाही गरेको छ । कारवाही स्वरुप उनीहरुलाई त्यहाँबाट हटाएर सुरक्षाकर्मीको नयाँ टोली पठाइएको छ ।

सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ८ : ३७ बजे