१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कवाडी व्यवसायीकाे राजधानीमा प्रदर्शन



कवाडी व्यवसायी माथि गैरकानुनी हस्तक्षेपबन्द ग़र भन्दै काठमाडाैं महानगरपालिकाद्वारा कवाडीहरुमाथी भईरहेको ज्यादती विरुद्ध आज कवाड ब्यवसायीहरुले सड़क प्रदर्शन गरेका छन् ।

महानगरलाई सचेत गराउन निकालिएको जुलूस थपाथलीबाट निस्केको सुनधारामा पुगेको थियो । देशमा नियम कानून अनुरूप हरेक नागरिकले व्यापार ब्यवसाय गर्न पाऊपर्छ । घर-घरबाट काम न लागने कावाड़ी समान किनेर काठमाण्डूलाई सफा राखने कवाड़ ब्यवसायीहरुलाई सम्मान गर्नुको सट्टा त्रसित र आतंकित पार्नु दुःखद हो ।
आम नागरिकको संवैधानिक हकलाई हनन गर्ने अधिकार कसैलाई छैन । यसर्थ कवाडीहरु माथी भईरहेको गैरकानुनी हस्तक्षेप तुरुन्त रोकन सरकारको ध्यान जान जरुरी भएकाे उनीहरूकाे धारणाा छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ६ : २३ बजे