६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


समाजसेवी भूसाल रहेनन्



पर्वत जिल्ला विहादी गाँउपालिका वडा नम्बर ४ स्थायी घर भई हाल चन्द्रागिरी नगरपालिलका काठमाडौंमा बस्दै आउनुभएका समाजसेवी रुक्मागत भूसालको निधन भएको छ । नेपाली कांग्रेसका क्रियाशिल सदस्य समेत रहनुभएका भूसालको ७९ वर्षको उमेरमा आज सैनिक अस्पतालमा उपचारकै क्रममा असमायिक निधन भएको हो ।

भूसालको निधनप्रति नेपाली कांग्रेस पर्वत काठमाडौं सम्पर्क समितिले स्तव्ध भएको जनाएको छ । आर्यघाटमा मृतक भूपालप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै पूर्वसांसद तथा सामाजिक अभियान्ता ऋषिकेश तिवारीले गहिरो दुःख व्यक्त गर्नुभयो । पाटीको झण्डा ओढाउदैं भूसालको निधनले एक जिम्मेवार, इमान्दार एवम् निष्ठावान सदस्य गुमाएको प्रति नेपाली कांग्रेसका पूर्व मुख्य सचिवसमेत रहनुभएका तिवारीले भूसालको निधनले पाटीलाई अतुलनीय क्षति भएको बताउनुभयो ।

मृत आत्माको चिरशान्तिको कामना गर्दै परिवार तथा आफ्न्तहरुलाई शोकलाई शक्तिमा बदल्नु पर्ने धारणा उहाँले राख्नुभयो । मृतक भूषालका छोरा छोरी तथा नातीनातिना रहेका छन् ।
नेपाली कांग्रेस पर्वत काठमाडौं सम्पर्क कार्यसमिति सदस्य वेदप्रसाद भूसालका बुवाको निधनले एक कुशल अभिभावक गुमाउनुपरेको भन्दै गहिलो दूःख व्यक्त गरेको छ ।

अन्तिम श्रद्धाञ्जलीका लागि विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, व्यवसायी, विद्यार्थी तथा पेशाकर्मीहरुको सहभागिता रहेको थियो । अन्तिम श्रद्धाञ्जलीका लागि पर्वत चन्द्रागिरी समाजका अध्यक्ष प्रेम क्षेत्री, गणेश कुंवरलगायत सदस्यहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १० : २६ बजे