१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चन्द्रग्रहण लाग्दै, नेपालबाट नदेखिने



फागुन महिनाको शुक्लपक्षको पूर्णिमा अर्थात् सोमबार ९पर्सी० सन् २०२४ को पहिलो चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण बिहान १०ः३८ बाट सुरु भएर दिउँसो ३ः१७ बजेसम्म रहनेछ ।

ग्रहण नेपालबाट भने देख्न नसकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक सनतकुमार शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो ग्रहण नेपालबाट देख्न सकिँदैन, उत्तर र पूर्वी एसिया, युरोप, अमेरिका, क्यानडालगायतका देशबाट मात्र देख्न सकिन्छ ।” नेपालबाट नदेखिने भएका कारण यसबारेमा आफूहरूले थप अध्ययन नगरेको उहाँले बताउनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले नेपालबाट यो चन्द्रगहण नदेखिने भएका कारण सुतक अवधि पनि नलाग्ने बताउनुभयो । उहाँका अनुसार ग्रहणले नेपालमा रहने कुनै पनि राशिका मानिसलाई प्रभाव पार्दैन ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ९ : ५३ बजे