३२ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


होली खेलेर नुहाउने क्रममा तीन बालबालिका बेपत्ता



होली पर्वको अवसरमा रङ खेलेर नुहाउने क्रममा सुनकोसीले बगाएर उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बजारका तीन बालबालिका बेपत्ता भएका छन्।

स्थानीय बासिन्दा गीता मगरका अनुसार साउने निवासी मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहदुर मगर, केदार मगरका ९ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरकी १२ वर्षीया छोरी रेखा मगर सुनकोसीमा डुबेर बेपत्ता भएका हुन्।

आइतबार उनीहरुसँगै कोसीमा डुवेका रुद्र पुलामी मगरका छोरा लोकचन्द्र मगर र हरिबहादुर मगरका छोरी प्रश्ना मगरलाई भने स्थानीयले जीवितै उद्धार गरेका छन्।

घटनाको जानकारी हुनासाथ प्रहरी चौकी साउनेबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा सुनकोसीमा डुबेर बेपत्ता भएका बालबालिकाको खोजी कार्य गरिरहेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ८ : २४ बजे