४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अमेरिकाको बाल्टिमोर पुल दुर्घटना हुदाँ नदीमा बेपत्ता ६ जनाको मृत्यु



अमेरिकी राज्य मेरिल्यान्डको बाल्टिमोरस्थित पुलमा पानीजहाज ठोक्किएपछि भएको दुर्घटनामा उद्धार गर्ने क्रम अहिलेलाई रोकिएको छ।

अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले नदी खसेर बेपत्ता ६ जना कामदारको मृत्यु भएको अनुमान गरेका छन्।

जहाजको ठक्करले पुल भत्किँदा पुलको खाल्डो भर्ने काममा व्यस्त रहेका उनीहरू नदीमा खसेका थिए।

उनीहरू सबै बेपत्ता छन् र अवस्था हेर्दा उनीहरू जीवितै हुने सम्भावना कम रहेको बताइएको छ।

बीबीसीका अनुसार स्थानीय समय मंगलबार राति १स्३० बजे बाल्टिमोर सहरस्थित ‘फ्रान्सिस स्कट कि ब्रिज’मा पानीजहाज ठोक्किँदा पुलको ठूलो भाग भत्किएको हो।

बाल्टिमोर बन्दरगाहबाट मंगलबार राति १२स्४४ बजे श्रीलंकातर्फ गइरहेको जहाज बाटो बिराएर पुलको स्तम्भमा ठोक्किन पुगेको थियो।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ७ : ३८ बजे