१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


कुमार केसीको नाम ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा



निरन्तर रेकडिङ तथा ध्वनि मिश्रण गर्दै आउनुभएका कुमार केसी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेख्न सफल हुनुभएको छ।

दुई वर्ष अघि मनाङको तिलिचो तालभन्दा उच्च स्थान ५१०५ मिटरमा प्रत्यक्ष वाद्यवादनसहितको गायन तथा म्युजिक भिडियो छायाङ्कन भएको थियो।

सो म्युजिक भिडियोको प्रत्यक्ष रेकडिङ कुमार केसीले गर्नुभएको थियो। ‘यही तिलिचो ताल।।’ बोलको गीत मार्फत उहाँले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाउनुभएको हो।

गीतका रचनाकार डा। डिआर उपाध्याय, सङ्गीतकार सन्तोष श्रेष्ठ र गायक सागर शरद अधिकारी हुनुहुन्छ।

गीतको टिमलाई गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो।

नेपाललाई विश्वमा चिनाउन मेहनत गरेकोमा राष्ट्रपति पौडेलले बधाई दिँदै आगामी दिनमा पनि यस्तै कार्य गर्नका लागि हौसला प्रदान गर्नुभएको हो।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ६ : २४ बजे