१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय



नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका लागि मोडालिटी तयार गर्ने निर्णय गरेको छ ।
दुई पार्टीको एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न गठित कार्यदलको मंगलबार बसेको बैठकले दुवैतर्फ एकता प्रक्रियालाई अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय गरेको हो । बैठकमा पार्टी एकताका लागि दुवै तर्फको संगठनात्मक स्थिति बारे एक आपसमा जानकारी गराउने काम पनि भएको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा माओवादी केन्द्रका तर्फबाट कार्यदल सदस्यहरु महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माको उपस्थिति रहेको थियो भने नेपाल समाजवादी पार्टीको तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादवको सहभागिता रहेको थियो ।

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले गत चैत्र ३ गते पार्टी एकता गर्ने निर्णय सहमति गरेको थियो । सोही दिन एकता प्रक्रियालाई टुंग्याउन कार्यदल गठन गरेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १२ : ५९ बजे