११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अवरोधकाबीच प्रतिनिधि सभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित



प्रतिनिधि सभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबानीकै बिचमा सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यावाद दिने प्रस्ताव निर्माणार्थ पेस गर्नुभएको हो ।

सभामुख घिमिरेले धन्यवाद प्रस्तावको विपक्षमा मत नआएको भन्दै सर्वसम्मतले पारित भएको घोषणा गर्नुभएको हो ।

मङ्गलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले सङ्घीय संसद्को बैठकमा पेस गर्नुभएको सम्बोधनको प्रति प्रतिनिधि सभामा टेबल गर्नुभएको छ । उहाँलाई रोष्ट्रममा जाने बेलामा सभामुखले आवश्यक सुरक्षा व्यवस्था गर्न मर्यादापालकलाई निर्देशन दिनुभएको थियो ।

यसैगरी, बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी अध्यादेश पनि प्रतिनिधि सभा बैठकमा पेस गर्नुभएको छ ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  २ : १३ बजे