८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वागमती


मुग्लिङ-आँबुखैरेनी खण्ड आज बन्द हुने



पृथ्वी राजमार्गको मुग्लिङ–आँबुखैरेनी खण्ड आइतबार तीन घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक सडक भासिएकोले मर्मत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि १ बजेसम्म सो सडक खण्ड अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो ।

साँघुरो सडक भएको र जुनसुकै बेला पनि पहिरो खस्ने जोखिम भएकोले बन्द गरी मर्मत गर्नुपरेको उहाँले जानकारी दिनुभयो ।सो अवधिभर सवारी साधनको व्यवस्थापनमा आवश्यक सहजीकरण गरिदिन प्रशासन र प्रहरीलाई कार्यालयले अनुरोध गरेको छ ।

पहिरो नियन्त्रणको कार्य भइरहेको र हिल साइडमा चर्किएर बसेको चट्टानहरू ट्रिमिङ गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको कार्यालयका इन्जिनियर कल्पना मिश्रले जानकारी दिनुभयो । सो खण्डमा वैकल्पिक मार्ग नभएकोले यात्रुलाई समस्या पर्ने भएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  १० : ५१ बजे