अष्ट्रेलिया बस्दै आएका पर्वतका दुई दिदीबहिनी विदामा नेपाल आएका छन् । पर्वत जिल्ला फलेवास नगरपालिका भंगरा घर भई अष्टे«लियामा अध्ययनरत सम्झाना क्षेत्री र सन्जुला क्षेत्री विदाको समयमा नेपाल आएका हुन । संयोगले क्षेत्री दिदीबहिनी अष्ट्रेलिया जानुभन्दा एकदिन अघि आमाको जन्मदिन रहेछ । धेरै समय पछि घर परिवार आमाको जन्मदिनमा चन्द्रागिरी नगरपालिका काठमाडौंसंगै भएको समय प¥यो । उनीहरुलाई भेट्न रुपन्देही देखि मामा माइजु समेत काठमाडौं आएका रहेछन ।

घर परिवार नै समाजसेवी भावनाका भएकाले आमाको जन्मदिनमा सबै परिवार भेट भएको अवसरमा केही सामाजिक कार्य गर्ने छोरीहरुको मनमा जाग्यो । छोटो समयमा कहाँ के सामाजिक कार्य गर्ने भन्ने बारेमा अलमलमा परिरहेको समयमा सामाजिक कार्यमा आवद्ध बुवा कृष्ण बहादुर क्षेत्रीसंग समेत छोरीले सल्लाह गर्न थाले । यसै क्रममा पर्वत–चन्द्रागिरी समाजका कोषाध्यक्ष समेत रहेका क्षेत्रीको समाजकै अध्ययक्ष प्रेम बहादुर क्षेत्रीसंग भेटघाट भई सामाजिक कार्यका बारेमा छलफल भयो ।
समाजका अध्यक्ष क्षेत्रीले तत्कालै अटिजम केयर सेन्टर बलम्बुलाई रोशनी क्षेत्रीको जन्मदिनको अवसरमा छोरीहरुलाई सामाजिक कार्यमा सक्रिय बनाउन कार्यक्रम प्रभावकारी हुने सुनाए । अध्यक्षको प्रस्तावबाट छोरी, बुवा आमा र मामा माइजु निकै उत्साहित हुर्दै तत्कालै कार्यक्रमको तजविजी गर्न लागि हाले । सामाजिक कार्यमा निकै फुर्तिला अध्यक्ष समेत के कम कोषाध्यक्ष परिवारको मनोभावना बुझि सकेपछि राजधानीमा उपलव्ध सम्र्पूण समाजका सदस्यलाई खवर गरी सहयोग हस्तान्तरणको तयारीमा जुटे । …
जन्मदिनको अवसरमा सामाजिक कार्यमा सहयोग गर्न निकै उत्साहित यो परिवार शनिवार साँझ अटिजम केयर सेन्टर बलम्बुमा आइ पुगे । पर्वत–चन्द्रागिरी समाजद्धारा आयोजित अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा औपचारिक रुपमा सुरु भयो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद तथा सामाजिक अभियान्ता ऋषिकेश तिवारीले विदेशमा बसेर पनि नयाँ पुस्ताबाट सामाजिक अभियानमा सहयोग पु¥याउने कार्यमा लाग्नु प्रशसनीय भएको बताउनुभयो । अभियान्ता तिवारीले छोरीहरुको सामाजिक कार्यप्रतिको लगनशिलता र भावलाई जति प्रशंसा गरेपनि अपुग हुने भन्दै आगामी दिनमा समेत आफ्नो स्थान र मुलुकप्रति सेवा भावले निरन्तर रुपमा लाग्न उत्साहित गर्नुभयो ।
उहाँले अटिजमको समस्या अहिले विश्वव्यापी रुपमा रहेको भन्दै अष्टे«लिया रहेर पनि सामाजिक कार्य गर्ने व्यक्ति र संस्थाहरुसंग सहकार्य गरी अटिजम केयर सेन्टर बलम्बुलाई सहयोग जुटाउने कार्यमा लाग्नुहुने छ भन्ने विश्वास व्यक्त गर्नुभयो । पर्वत–चन्द्रागिरी समाजले समाजमा जनसचेतना र सामाजिक अभियानको थाल्नु गर्नु आफैमा नयाँ सन्देश भएको अभियान्ता तिवारीले जिकिर गर्नुभयो ।
अटिजमको बारेमा जागरुकता ल्याउन अटिजम केयर सेन्टर बलम्बुले निकै भूमिका खेलेको भन्दै यस सेवारत कामलाई सबैले सहयोग गरेमा मात्र विशेष शिक्षामा जोड् पुग्ने धारणा व्यक्त गर्नुभयो । छोरीहरुको सेवाभावलाई अन्य छोराछोरीहरुले समेत सिको गर्नुपर्ने भन्दै तिवारीले समाजलाई नै मुख्य केन्द्रमा राखेर सबैले काम गर्नुपर्ने बताउनुभयो । अबका दिनमा यो समाजले विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीलाई उद्यमशीलताको तालिम दिनु पर्ने समय आएको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष न्हुच्छे बहादुर महर्जनले अटिजम केयर सेन्टर बलम्बुलाई जन्मदिनको अवसरमा सहयोग गर्ने क्षेत्री परिवारप्रति कृतज्ञता व्यक्त गर्नुभयो । अध्यक्ष महर्जनले मानिसले रकम कमाएर मात्र नहुने उनीहरुले समाजमा कस्तो सेवा भावले योगदान गर्छन भन्ने मुख्य विषय भएका भन्दै नेपाली समाज सेवा भावको रहेको बताउनुभयो । आफु पनि यस केयर सेन्टरलाई स्थापित गर्न लागि परेको सुनाउँदै समाजलाई नै सक्षम बनाउँदै लैजाने काममा हामीहरु लाग्नु पर्ने उहाँले धारणा राख्नुभयो । सामाजिक कार्यमा सहभागी भएर पुष्य कमाउने काममा लाग्न अध्यक्ष महर्जनले सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।
महिला उत्प्रेरणा विकास मञ्चकी अध्यक्ष तथा अटिजम केयर सेन्टरकी सञ्चालिका गिता घिमिरेले अटिजम भएका परिवार सामाजिक, पारिवारिक र आर्थिक रुपमा निकै समस्या भएको अवस्थामा यस सेन्टर सञ्चालन भएसगै सहज हुने विश्वास व्यक्त गर्नुभयो । अटिजम विशेष शिक्षा भएकाले यो निकै महंगो हुदाँ सामान्य आर्थिक अवस्था भएका परिवारका बच्चा समेत घरमै बस्नु नपर्ने बनाउन सञ्चालन गरेको बताउनुभयो । अध्यक्ष घिमिरेले आफु माध्यम मात्र भएको भन्दै अभिभावक, सामाजिक भावका सम्पूर्ण महानुभावहरुको सहयोग र हौसलाबाटै यो सेन्टर सञ्चालन गर्न सम्भव हुने स्पष्ट पर्नुभयो ।
पर्वत–चन्द्रागिरी समाजका अध्यक्ष प्रेम बहादुर क्षेत्रीले अटिजम केयर सेन्टरको हरेक कदममा समाज साथमा रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पर्वत जिल्लाबासीहरुको तर्फबाट अटिजम केयर सेन्टरलाई निरन्तर रुपमा सहयोग हुदै जाने विश्वास दिलाउनुभयो । अध्यक्ष क्षेत्रीले विविध सामाजिक कार्य मध्ये अटिस्टिक बालबालिकालाई राज्यले समेत विशेष शिक्षा प्रदान गर्न नसकेको अवस्थामा महिलाहरुको आटले अटिजम शिक्षा दिनु आफैमा निकै चुनौतिपूर्ण भएको बताउनुभयो ।
रोशनी क्षेत्रीको जन्मदिनको अवसरमा अटिजम केयर सेन्टरकी सञ्चालिका गिता घिमिरेलाई नगद ११ हजार १ सय ११ रुपैयाँ साथै विस्कुटहरु हस्तान्तरण गर्नुभएको हो । यसै अवसरका पर्वत–चन्द्रागिरी समाज, नारायण प्रसाद आचार्य, गेहनाथ गौतमलगायतले नगद सहयोग हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा समाजका साथै सामाजिक व्यक्तित्वहरु सञ्जय महर्जन, गणेश गिरी, राजु रोक्का, सुर्वण महर्जन, छविलाल घिमिरे, सपना तण्डुकारलगायतको सहभागीता रहेको कार्यक्रममको सञ्चालन समाजका सचिव लेखाराम गौतमले गर्नुभएको थियो । हाल अटिजम केयर सेन्टरमा १३ जना अटिस्टिक बालबालिका सिकाई प्रक्रियामा रहेका छन् ।
प्रतिक्रिया