१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सप्तकोसी नदीमा पानीको बहाव उच्च, ४६ वटा ढोका खोलिए



पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदै आएको छ । आज आइतबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको छ ।

हिजो शनिवार राति नौ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख १२ हजार ८३० क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताउनु भयो । यादवका अनुसार कोसीमा बाढी आउँदा नदीमा पानीको बहाव उच्च मापन गरिएको हो । अहिले ब्यारेजको ४६ वटा ढोका खोलिएको छ ।

सप्तकोसी चतरा जल मापन केन्द्रले शनिवार १० बजे राति ६ मिटर जल सतह पार गरेको जनाएको छ । जल सतह खतराको नजिक पुगेसँगै उदयपुर, सुनसरी सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने भागहरूमा उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च हुदै गएको हो । कोसीमा पानीको जल सतह उच्च भए पनि कोसीले पूर्वी स्परहरुमा कुनै क्षति पुर्याएको छैन । राजावास, प्रकाशपुर, मधुवनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ । कोशी नदीका भेल भने तटबन्धको नजिक आएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, आइतबार  ७ : ४९ बजे