काठमाडौं, असार २३ गते ।
नारायणी नदीको पुलबाट एक व्यक्तिले हाम फालेका छन् ।
आइतबार बिहान नवपुलरको गैँडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी पुलबाट एक पुरुषले हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
अहिले विपत् व्यवस्थापनसहितको प्रहरी टोली खटिई उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
करिब ५०–५५ वर्ष उमेरका देखिने उनी साइकलमा आएर पुलबाट हाम फालेका थिए ।
प्रतिक्रिया