८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बागमती सरकारबाट बाहिरिए एमालेका मन्त्री



हेटौँडा, असार २४ गते । बागमती प्रदेश सरकारबाट नेकपा (एमाले)का मन्त्रीहरुले राजीनामा दिएका छन् । सङ्घमा नेपाली कांग्रेस र एमालेको नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा एमालेका पाँचजना मन्त्रीले राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहनुभएका एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियासहित वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनामा दिनुभएको हो ।

आर्थिक मन्त्री थपलियाले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष सामूहिक राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो । उहाँले सो अवसरमा सहमतिको सरकार गठनमा सहयोग गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  ११ : ४९ बजे