पछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी एक महिनामा ७४जनाको मृत्यु भएको छ ।
सोमबार नेपाली प्रहरीद्वारा जारी बुलेटिनमा गत जेठ २८ गतेदेखि आज (सोमबार)सम्म ७४ जनाको मृत्यु भएको उल्लेख छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार जना गरी जम्मा ७४ जनाको मृत्यु भएकोहो ।
साथै काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २१, मधेश प्रदेशमा पाँच, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनीप्रदेशमा चार, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाकोउद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा एक गरी पाँच जना वेपत्ताभएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीका कारण जम्मा एक सय ६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र दुई वटासरकारी कार्यालयमा क्षति पुगेको छ । तीन सय ३५ वटा पशु चौपाय मरेको छ । उक्त अवधिमा विपद्का घटनाबाट दुई हजार दुई सय९६ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमालनिकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटोअवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।
प्रतिक्रिया