१३ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते



दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते भएका छन् । बाघको आक्रमणबाट तुलसीपुर–९, वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।

सोमबार (आज) बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरूलाई बाघले आक्रमण गरेको थियो ।केसीका दुवै हातमा सामान्य चोट लागेको छ । सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ ।

घाइतेहरुको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  ६ : ५५ बजे