१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चितवनमा दुई जना गम्भिर घाइते



चितवन जिल्लाको भरतपुर महानगरपालिका–४ त्रिचोकस्थित भित्रि सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जना गम्भिर घाइते भएका छन् । सोमबार दिउसो पिपलचोकबाट त्रिचोकतर्फ आउँदै गरेको ना ५४ प ५८११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा चालक भरतपुर–७ नारायणपुर चोक बस्ने अन्दाजी ३५ वर्षीय मनोज तामाङ र पछाडि सवार भरतपुर–७ कृष्णपुर बस्ने २१ वर्षीय पुजन गुरुङ गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।

चालक तामाङको चितवन मेडिकल कलेज र पछाडि सवार गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  ७ : ०६ बजे