११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पहिरोले घर पुरिँदा एक युवकको मृत्यु



कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला थापाकी २२ वर्षीय छोरा भिमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमलालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ । आज बिहान करिब ४ बजेतिर घरमाथिबाट पहिरो खस्दा उनीहरु पुरिएका थिए ।

गत २४ घण्टामा कास्कीको लामापाटन केन्द्रमा देशभरमा भन्दा सबैभन्दा धेरै १३७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  ९ : ३४ बजे